
धनगढी, ६ माघ । कैलालीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरस्थित सडकमा भे २ स ५६६१ नम्बरको अटो र सुदूरपश्चिम प्रदेश ०१–००९ प ४०५३ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा अटोमा सवार केशव आलेमगरकी ६ वर्षीया छोरी आरती आलेमगरको मृत्यु भएको छ भने पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते पाँच जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ ।
अटो र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।









प्रतिक्रिया