१५ असार २०८३, सोमबार

भ्रष्टाचारविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विरोध र्‍याली

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचारविरुद्ध विरोध र्‍याली निकालेको छ ।

आइतबार शान्तिवाटिकामा उनीहरुले एमसीसी सम्झौता, संविधान संशोधनको नाटक, लिम्पियाधुराको विषयमा भारत–चीनबीच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारविरुद्ध विरोध र्‍याली निकालेका हुन् ।

र्‍यालीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन खारेज गरलगायत प्लेकार्डहरु प्रदर्शन गरी आन्दोलन गरेको छ । साथै, र्‍यालीमा सहकारी पीडितलाई न्याय देउलगायत नाराहरु लगाएर प्रदर्शन गरेका थिए ।