३१ जेष्ठ २०८३, आइतबार

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पश्चिम, ६ माघ । रुकुम पश्चिमको चौरजहारीमा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१ लामिछाने गाउँ निवासी ३२ वर्षीय चिरञ्जीवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चलाएको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घर पुग्ने क्रममा आज बिहान २ बजे मोटरसाइकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी ल्याइएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।