
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि भएको आक्रमणको घोर निन्दा र भत्र्सना गरेको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका थापामाथि शनिबार झापामा केही व्यक्तिले आक्रमण गरेका थिए ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्किने क्रममा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक थापामाथि आक्रमण भएको जनाएका छन् । आक्रमणमा थापाको निधारमा चोट लागेको छ ।
विज्ञप्तिमार्फत कांग्रेसले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरी अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।









प्रतिक्रिया