२ असार २०८३, मंगलबार

जरा केन्द्रित अभियानका लागि महासचिव पोखरेलसहित शीर्ष नेताहरु आज धनकुटा आउँदै

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, ६ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसहितका शीर्ष नेताहरू आज धनकुटा आउने भएका छन् ।

माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीनमहिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा आउन लागेका हुन् ।

कार्यक्रमलाई एमाले महासचिव पोखरेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राईलगायतले सम्बोधन गर्नेछन् ।

सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि एमालेले पार्टीका नेता, कार्यकर्ता, समर्थक एवं शुभेच्छुकहरूलाई आग्रह पनि गरेको छ ।

एमाले माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि देशव्यापी रुपमा सञ्चालन गर्न लागिएको यो कार्यक्रमलाई जरा केन्द्रित अभियान नाम दिइएको छ । यो अभियानमा संगठनका कमीकमजोरीको मूल्यांकन गर्दै जनताको चासो र गुनासो बुझेर सम्बोधनको प्रयास गरिने एमालेले जनाएको छ ।