
हेटौंडा, ६ माघ । मकवानपुरको भीमफेदी गाउँपालिका-२ ईचुङकी एक महिलाको घाँस काट्न जाँदा भीरबाट लडेर मृत्यु भएको छ ।
शनिबार दिउँसो आफ्नै घर नजिकै घाँस काट्न गएकी ५३ वर्षीया चमेलीमाया पाख्रिनको घट्टेखोलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
भीरबाट करिब दुई सय मिटर तल खसेकी पाख्रिनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया