१ असार २०८३, सोमबार

पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री कँडेल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, ५ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उनले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग यस पालिकाको सहज पहुँच नभएको बताए । मुख्यमन्त्री कँडेलले भने, ‘सडक, विद्युत् र सुकुम्बासीको व्यवस्थापन नै यहाँको प्रमुख समस्या हो । यसको समाधानका निम्ति कर्णाली प्रदेशको ध्यानाकर्षण भएको छ ।’

उनले विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो ।

उनले यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएका छन् ।