
झापा, ५ माघ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उद्धव थापामाथि कुटपिट भएको छ । उनीमाथि झापाको कनकाईस्थित जामुनबारी चोकमा आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आक्रमणमा संलग्न विद्युत प्राधिकरणका चालकसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ । भीआईपी सवार गाडीलाई साइड नदिएको र भीआईपी भनेर चिनेपछि आक्रमण गरेको बताइएको छ ।
थापाको देब्रे आँखाको माथिल्लो भागमा चोट लागेको छ र उनको बिर्ता सीटी हस्पिटल बिर्तामोडमा उपचार गरिएको छ ।
पूर्वमुख्यमन्त्री थापा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा घटना भएको बताइएको छ ।












प्रतिक्रिया