२२ असार २०८३, सोमबार

सामुदायिक कुकुरहरुको बन्ध्याकरणको तयारीमा छौँ : प्रमुख महर्जन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ५ माघ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरभित्रका सामुदायिक कुकुरहरुको व्यवस्थापनका लागि तयारी सुरु गरिएको बताएका छन् । महर्जनले यही वर्षबाट सामूदायिक कुकुर बन्ध्याकरणको लागि टेन्डर आह्वान गरिसकेकोसमेत जानकारी दिए ।

केनेल क्लब अफ नेपालले बाइरो प्रेसेन्त्स तेस्रो अल ब्रिड च्याम्पियनसिप डग शोकोका अवसरमा उनले कुकुरहरुको व्यवस्थापन जरुरी रहेको बताएका हुन् ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले सामुदायिक कुकुरहरुको बारेमा केही व्यवस्थापन गर्नुपर्छ भन्ने लागेको छ । यसमा अध्ययन गरायौँ । त्यसबाट एउटा रिपोर्ट आएको छ । त्यो रिपोर्ट अनुसार ९ हजार ९ सय ४४ वटा सामुदायिक कुकुरहरु ललितपुर महानगरपालिकामा रहेछ । यसको व्यवस्थापन गर्न गार्‍हो पर्ने कुरा हो । तसर्थ पनि यही वर्षबाट सामुदायिक कुकुर बन्ध्याकरणको लागि हालै टेन्डर आह्वान गरिसकेका छौँ ।’

यसको साथै, उनले ललितपुरमा आयोजना भएको डग शोका सबै आयोजकलाई धन्यवाद दिँदै अर्को पटक पनि ललितपुर महानगरपालिकामै कार्यक्रम गर्ने हो भने सहकार्य गर्ने बताए ।

शनिबार ललितपुर जाउलाखेल फुटबल ग्राउण्डमा कार्यक्रम सम्पन्न भएको हो ।