८ असार २०८३, सोमबार

विपक्षी मोर्चाबन्दी प्रतिगमनको सेवा र भ्रष्टाचारको ढाकछोपका लागि हो : सूर्य थापा

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले विपक्षी गठबन्धनको मोर्चाबन्दीमाथि कडा टिप्पणी गरेका छन् । उनले विभिन्न विचारधारा र एजेण्डा बोकेका दलहरूको यो गठबन्धनलाई विरोधाभासपूर्ण बताएका हुन् ।

नेता थापाले प्रतिनिधिसभामा कुल २७५ सदस्य रहेकोमा ८१ सदस्यीय विपक्षी मोर्चाबन्दीको गठन भएको तथ्य औंल्याएका हुन् । थापाका अनुसार यो गठबन्धनमा राजतन्त्र पुनर्स्थापनाको एजेण्डा बोकेका दलदेखि सहकारी क्षेत्रमा अनियमितता गर्न चाहने समूहसम्म सम्मिलित छन् ।

विपक्षी मोर्चाबन्दीमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी), आम जनता पार्टी (आजपा), जनमोर्चा र नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी छन् ।

नेता थापाले यो गठबन्धनको मुख्य उद्देश्य प्रतिगमनको सेवा, भ्रष्टाचारको ढाकछोप र सत्ताको स्वाद फेरि चाख्न रहेको टिप्पणी गरेका हुन् । उनले यस्तो विरोधाभासपूर्ण एजेण्डा भएको गठबन्धनलाई व्यंग्यात्मक शैलीमा ‘बिना चिल्लाको च्वाईच्वाईं’को संज्ञा दिएका छन् ।

‘२७५ सदस्यीय प्रतिनिधिसभामा ८१ सदस्यीय मोर्चाबन्दी (राजतन्त्रको पुनस्थापना, प्रतिगमनको सेवा, सहकारी ठगी गर्न पाउनैपर्ने, भ्रष्टाचारको ढाकछोप, सत्ताको स्वाद मिलेर सझिनुपर्नेआदि साझा एजेण्डा- बिना चिल्लाको च्वाईच्वाईं)’ थापाले फेसबुकमा लेखेका छन् ।