२६ जेष्ठ २०८३, मंगलबार

युद्धविराम अनुमोदन गराउन नेतान्याहुलाई लाग्यो ६ घण्टा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तेल अभिव, ५ माघ । इजरायलले युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ । इजरायली सरकारले हमाससँगको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको हो । आइतबारबाट सुरु हुने अपेक्षा गरिएको छ।

तीन चरणको सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा गाजामा बन्दीहरूलाई रिहा गर्ने समावेश छ भने बदलामा इजरायली सेनाहरू गाजा पट्टीबाट विस्तारै फिर्ता हुन सुरू गर्नेछन् ।

आइतबार बिहान ८ः३० बजेबाट लागु हुने युद्बविराम पछि मानवीय सहायताका लागि खाद्यन्न र स्वास्थ्य सामाग्री बोकेका ट्रकहरू निर्वाध रूपमा प्रवेश गर्न अनुमति दिइने छ ।

इजरायली मन्त्रिपरिषद्ले ६ घण्टाभन्दा बढीको बैठकपछि यो सम्झौतामा सहमति जनाएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारका अति दक्षिणपन्थी सदस्यहरूले भने सम्झौताको विपक्षमा मतदान गरेका छन् ।