
काठमाडौं, ५ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सहकारी पीडितको १ अर्ब ६३ करोडभन्दा बढी रकम फिर्ता गराउने महत्त्वपूर्ण कार्य गरेको बताएका छन् । एमाले हुम्ला-काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया तथा पालिकास्तरीय सम्मेलनमा बोल्दै नेता बोगटीले बताएका हुन् ।
उनले गठबन्धनको मर्म र सहमति अनुसार संविधान संशोधन हुने पनि बताए । साथै, बोगटीले पार्टीभित्र र बाहिर राष्ट्रिय स्वार्थ समूहहरू स्वार्थपूर्तिका लागि सक्रिय रहेको उल्लेख गरे ।
कार्यक्रममा विशेष अतिथि एवं एमाले केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेश सम्पर्क कमिटी इन्चार्ज कल्पना थापाले सम्पर्क मञ्चका काम, कर्तव्य र अधिकारका बारेमा निर्देशनात्मक मन्तव्य राखिन् ।

त्यसैगरी, कार्यक्रममा विशेष अतिथि एवं एमाले केन्द्रीय कमिटी सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज छक्कबहादुर लामाले पार्टी संगठनको औचित्यबारे प्रष्ट पारे । एमाले केन्द्रीय कमिटी सदस्य तथा हुम्ला जिल्ला प्रदेश ‘ख’का इन्चार्ज दल रावलले एमाले नेतृत्वले गरेका विकासका कार्यहरूअग्रस्थानमा रहेको बताए । उनले आफू सामाजिक विकास मन्त्री हुँदा कर्णालीका गाउँगाउँमा विद्यालय, खेलमैदानलगायत अन्य विकासका पूर्वाधार निर्माण गरेको स्मरण गराए ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य दल फडेरा, कर्णाली प्रदेश कमिटी सदस्य नवराज महतारा, जिल्ला कमिटी अध्यक्ष ग्यामी बुमीलगायतका नेताहरूले आफ्ना धारणा राखे । कार्यक्रमको अध्यक्षता हुम्ला-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भरत रावतले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष पदम लामाले र कार्यक्रम सञ्चालन सचिव सुविष्त भण्डारीले गरेका थिए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का जिल्ला कमिटी हुम्लाका सदस्य कृष्ण बम र नेकपा ९विप्लव० का हुम्ला(काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष रामचन्द्र बुढा एमालेमा प्रवेश गरेका थिए ।
कार्यक्रममा एमाले हुम्ला सिमकोट-काठमाडौं सम्पर्क मञ्च यमबहादुर बोहोराको अध्यक्षतामा र सर्केगाड-काठमाडौं सम्पर्क मञ्च नवराज रावतको अध्यक्षतामा गठन भएको छ ।









प्रतिक्रिया