२३ जेष्ठ २०८३, शनिबार

विराटनगर पुगेर प्रचण्डले लिए भक्काको स्वाद

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विराटनगरमा राजवंशी समुदायको परम्परागत परिकार भक्काको स्वाद लिएका छन् ।

पार्टी कार्यकर्ता भेटघाट तथा विभिन्न कार्यक्रमहरूमा सहभागी हुन मोरङ पुगेका प्रचण्डले बिहानको मर्निङवाक पश्चात स्थानीय राजवंशी समुदायको विशेष परिकार भक्का खाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव साझा गर्दै प्रचण्डले लेखेका छन्, ‘राजवंशी समुदायको भक्काको स्वादसँगै आजको दिनको सुरुवात गरेको छु । आज दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने छु ।’

भक्का तराई क्षेत्रको राजवंशी समुदायको परम्परागत परिकार हो । यो विशेषगरी चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने परिकार हो । जाडो याममा यसको माग बढी हुने गर्दछ ।

स्थानीयहरूका अनुसार भक्का स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायक मानिन्छ र यसले शरीरलाई न्यानो राख्न मद्दत गर्छ ।