१० असार २०८३, बुधबार

विपक्षी दलको संयुक्त पत्रकार सम्मेलन आज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । संघीय संसद्का विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।

आज ६ विपक्षी दलहरुको बैठक पश्चात दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

विपक्षी दलको संयुक्त बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गर्ने सहमति जुटाएसँगै पत्रकार सम्मेलनको तयारीका लागि नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन र नेकपा एसका नेता बेदुराम भुसालको २ सदस्यीय कार्यदल बनाएको थियो ।

पत्रकार सम्मेलनमा विपक्षी दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भनिएको छ ।