४ असार २०८३, बिहिबार

आज दुई संसदीय समितिको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ माघ । आज दुई वटा संसदीय समितिकोे बैठक बस्दै छ । जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः३० बजे बस्दैछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

यस्तै, आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको कामकारबाहीको हालको अवस्थामा छलफल हुँदैछ ।