१ श्रावण २०८३, शुक्रबार

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा १० जना घाइते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ४ माघ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति  पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् ।

बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ मा गएराति ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएका १० जना मध्ये ६३ वर्षीय काजी कामी र ३८ वर्षीय चलदेवी कामीको अवस्था गम्भिर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिए । अन्य आठ जनाको अवस्था सामान्य रहेको र प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भइरहेको डा. ढकालको भनाई छ ।