४ श्रावण २०८३, सोमबार

सुक्खा बन्दरगाह भन्सार : ६ महिनाको अवधिमा राजस्व संकलन घट्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, ३ माघ । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको हो ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व संकलन एक अर्ब ४५ करोड ४१ लाख ७९ हजार रुपैयाँले कमी आएको छ ।

कार्यालयले चालु आवको साउन महिनामा तीन अर्ब ७५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गर्‍यो ।

त्यस्तै, भदौ महिनामा चार अर्ब ६४ करोड ३० लाख रुपैयाँ, असोज महिनामा चार अर्ब ३६ करोड ४५ लाख रुपैयाँ, कात्तिक महिनामा तीन अर्ब ७९ करोड २९ लाख रुपैयाँ राजस्व संकललन गरेको थियो ।

त्यस्तै, मंसिर महिनामा तीन अर्ब २२ करोड ८४ लाख रुपैयाँ र पुस महिनामा तीन अर्ब ५६ करोड २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कार्यालयले गत आवको छ महिनाको अवधिमा भने २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।