५ असार २०८३, शुक्रबार

सरकारमा सहभागी कांग्रेसका मन्त्रीसहितको संसदीय दलको बैठक बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।

बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री/राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागि हुने जनाइएको छ ।