२२ जेष्ठ २०८३, शुक्रबार

संघीय संसद्का दुई समितिको बैठक बस्दै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरिनेछ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशा बारेमा छलफल गरिनेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।