२२ कार्तिक २०८३, आइतबार

झिमरुकका एकल महिलालाई मासिक भत्ता दिइने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्यार अलि खान

प्युठान, २ माघ । प्युठानको झिमरुक गाउँपालिकाले एकल महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ ।

संघीय सरकारको एकल महिला सामाजिक सुरक्षाको सुविधा नलिएका एकल रुपमा जीवनयापन गरिरहेका महिलालाई भत्ता दिन लागिएको गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले जानकारी गराए ।

१२ वर्षदेखि श्रीमान सम्पर्कमा नआई एक्लै बसेका, ४५ वर्ष उमेर पुगेका महिला, श्रीमानसँग सम्बन्ध विच्छेद भई एकल जीवनयापन गरिरहेका महिला, राज्यबाट सेवा सुविधा नपाएका ४५ वर्ष उमेर पुगेका एकल महिला तथा अविवाहित बसेका ४५ वर्ष उमेर पुगेका एकल महिलालाई भत्ता दिन कार्यविधिमा समेटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए । पुस मसान्तसम्म ४५ वर्ष उमेर पुगेका महिला कार्यक्रममा सहभागि हुनेसक्ने उनले बताए ।

विभिन्न सीपमूलक तालिम, स्वरोजगार तालिममार्फत एकल जीवनयापन गरिरहेका महिलालाई आयआर्जनमा जोड्नेबारे गाउँपालिकाले छलफल चलाइरहेको छ ।