
काठमाडौं, २ माघ । नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरुको बैठक सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको हो ।

बैठकमा सरकारविरुद्धको रणनीतिबारे छलफल गर्ने तयारी रहेको छ । यसपछि आजै दिउँसो २ बजे समाजवादी मोर्चाको बैठक बस्ने भएको छ । त्यो बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
आजै अपराह्न ४ बजे माओवादी पदाधिकारी बैठक पनि खुमलटारमा बस्ने भएको छ ।












प्रतिक्रिया