५ असार २०८३, शुक्रबार

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २ माघ । लुम्बिनी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । माघे संक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको हो ।