२८ जेष्ठ २०८३, बिहिबार

समाजवादी मोर्चाको बैठक बस्दै

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । आज समाजवादी मोर्चाको बैठक बस्ने भएको छ ।

बामपन्थी झुकाव राख्ने संघीय संसद भित्र र संसद बाहिरका रहेका चार दलले पुनः समाजवादी मोर्चालाई सक्रिय बनाउनका लागि आज बैठक बोलाइएको छ ।

चार दल आबद्ध समाजवादी मोर्चाको कार्यदल बैठक मंगलबार बसेको थियो । नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठसहित नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ, नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता प्रमेश हमाल, नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड सत्ताच्युत भएपछि पहिलो पटक मोर्चाको बैठक बस्न लागेको हो ।