११ असार २०८३, बिहिबार

कस्तो रहन्छ आज दिनभरको मौसम ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

आज दिउँसो देशभर आंशिक बदली देखि मुख्यतया सफा रहनेछ । राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको अवस्था रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।