२७ जेष्ठ २०८३, बुधबार

क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ माघ । प्रहरीले वैदेशिक रोजगारमा क्रोएसिया पठाइदिने भन्दै १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–२ बस्ने २९ वर्षीय निम पासी शेर्पा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘शेर्पाले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट रु १५ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।’

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।