२४ जेष्ठ २०८३, आइतबार

कारले घरको सटरमा ठक्कर दिँदा हेटौंडामा ३ जना घाइते

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ सिपालीचोकमा सोमबार साँझ भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको तीव्र गतिको बा. ९च १३३८ नम्बरको कारले स्थानीय प्रकाश गौतमको एक तले पक्की घरको सटरमा ठक्कर दिएको थियो । दुर्घटनामा गौतमकी ३२ वर्षीया श्रीमती मालती गौतमको दाहिने खुट्टा र हातमा गम्भीर चोट लागेको छ । उनलाई प्रारम्भिक उपचारपछि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ ।

त्यस्तै, सोही स्थानका सुधन आचार्यकी ३२ वर्षीया श्रीमती राधिका आचार्यको टाउकोमा चोट लागेकोले न्यूरो अस्पताल बाँसबारी काठमाडौं पठाइएको छ । उनका ८ वर्षीय छोरा श्रयान आचार्यको टाउको र ढाडमा चोट लागेकोले उनलाई पनि बिएण्डबी अस्पताल काठमाडौं रिफर गरिएको छ।

कार चालक हेटौंडा-१० का ५८ वर्षीय सानु थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा संलग्न कार अस्थायी प्रहरी पोस्ट हटियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।