२२ जेष्ठ २०८३, शुक्रबार

माघे सङ्क्रान्तिले मेलमिलाप र सद्भाव अभिवृद्धि गर्छ : मुख्यमन्त्री कार्की

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माघे सङ्क्रान्ति र माघी पर्वले मेलमिलाप र सद्भाव वृद्धि गरी सामाजिक र संस्कृतिक एकतालाई बलियो बनाउने बताएका छन् ।

आज माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बहुजातीय, बहुधार्मिक र विविधतायुक्त समाजलाई एकतामा बाध्ने बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘तराई हिमाल, पहाड र तराई सबै भूगोलमा बस्ने जातजातिबिच एकता बढाउँदै यो पर्वले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आंकाक्षा पूरा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।’ कोशी प्रदेश सरकार सबै धर्म संस्कृति र पहिचानको सम्मान गर्दै संरक्षण गर्न प्रतिबद्ध भएको उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । माघे संक्रान्तीकै दिन पर्ने माघी पर्वले हाम्रो संस्कृतिलाई समृद्ध बनाएकोसमेत शुभकामना सन्देशमा उनले उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्कीले मौलिक परम्पराको संरक्षण गर्दै हाम्रो संस्कृति, भाषा र संस्कृतिलाई बलियो बनाउनु पर्ने आवश्यक्तासमेत औँल्याए ।