२१ असार २०८३, आइतबार

स्वस्थानी व्रत : शालिनदीमा माघ स्नान गर्ने भक्तजनको घुइँचो (तस्वीरहरु)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । पौषशुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महीना स्वस्थानी व्रत र शालिनदीमा माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदारखण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।