२० जेष्ठ २०८३, बुधबार

फायर फाइटिङ पाइपलाइन विस्तार गर्दै काठमाडौं महानगर

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जडान गरिएको छ । पाइपलाइनको सोमबार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्सपेक्टर धुब्रकुमार भुजेलले बताए ।

उनले भने, ‘साँघुरा गल्लीहरुमा काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभागअन्तर्गतका बजेटहरुबाट फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जडान गरिएको हो । विभिन्न वडाहरुमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ति पानीको अत्यन्त आवश्यक हुन्छ । पानीलाई निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ ।’ साथै, उनले आगो निभाउनका लागि धेरै गल्लीहरुमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं. १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।

दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइपलाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।