३१ जेष्ठ २०८३, आइतबार

कति छ आज काठमाडौंको न्यूनतम तापक्रम ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । आज पुस महिनाको अन्तिम दिन । अर्थात पुस २९ गते । पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । तर दुई दिनयता काठमाडौंको तापक्रम उस्तै छ । किनकि आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो ।

आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।