२५ जेष्ठ २०८३, सोमबार

युवा संघको माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । नेकपा (एमाले)को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आगामी माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।

युवा संघले विशेष सर्कुलर जारी गर्दै आगामी दिनमा संगठनलाई नयाँ र परिस्कृत ढंगले लैजानको निम्ति ७७ वटै जिल्लाबाट प्रतिनिधिको उपस्थितिमा विशेष रणनीति बनाउने जनाएको छ ।

वर्तमान समयमा युवालाई विदेश पलायन हुनबाट रोकी स्वदेशमा नै रोजगारी तथा आत्मनिर्भर बनाउने विभिन्न उपायहरु खोज्ने युवा संघले जनाएको छ । संघले आगामी दिनमा शिक्षा, रोजगार, उद्यमशिलता तथा सामाजिक न्याय, समावेशीता र नविनतामा आधारिकत योजनाहरु तर्जुमा गर्दै युवालाई नीति निर्माणमा सहभागी गराउने रणनीति बनाउने भएको छ ।

भेलामा करिब १७ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरु उपस्थित हुने संघले जनाएको छ ।

भेलामा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, र केन्द्रीय विज्ञ परिषद्का सदस्यहरु रहनेछन् । साथै, केन्द्रका ३५ विभागबाट पाँच/पाँच जना, आठ वटै प्रदेश कमिटीका पदाधिकारीहरु र साइबर सर्कल, विज्ञ युवा परिषद्, महिला विभाग, युथफोर्स विभाग र प्रचार विभागका प्रमुखहरु सहभागी हुनेछन् ।

यसैगरी, ७७ वटै जिल्ला कमिटीका पदाधिकारीहरु र काठमाडौं उपत्यकाका सबै पालिका अध्यक्षहरु पनि प्रतिनिधिको रूपमा सहभागी हुने जानकारी दिइएको छ ।