२६ असार २०८३, शुक्रबार

तीनवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । संघीय संसद्अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ ।

आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।