१८ असार २०८३, बिहिबार

एमाले कोशी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ पुस । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक आज विराटनगरमा सुरु भएको छ ।

पार्टी केन्द्रीय उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता बसिरहेको बैठकमा स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्यसमेत कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पोलिटब्युरो सदस्य विशाल भट्टराईलगायत पार्टीका नेताहरुको उपस्थिति रहेको छ ।

बैठकमा माघ महिनाबाट सुरु हुने पार्टीको तीनमहिने वडा केन्द्रीत कार्यक्रमबारे छलफल भइरहेको छ ।

यसैगरी, बैठकमा पार्टी विरुद्धका भ्रम चिर्ने योजना, पार्टीको मिसन ८४, जनप्रतिनिधि र पार्टी बीचको अन्तरसम्बन्ध सुदृढ गर्ने, विकास र समृद्धिको खाका बनाउन जिल्लामा कार्यशाला गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।