११ असार २०८३, बिहिबार

युवाहरुको सबैभन्दा ठूलो समस्या भनेकै जागिर नपाउनु हो : तोसिमा कार्की

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर रहेको बताएकी छिन् ।

शनिबार युवा स्पिक फोरम कार्यक्रममा बोल्दै उनले देशका युवाहरु बढी बेरोजगारीको सामाना गर्नु परेको अवस्था रहको बताएकी हुन् ।

उनले भनिन्, ‘अहिले नेपालमा युवाहरुको सबैभन्दा ठूलो समस्या रोजगारी अर्थात जागिर नपाउनु हो । विदेश जानु भएका युवाहरु सबै रोजगारीकै लागि गएको देखिन्छ । नेपालमा सम्भावनाहरु छन् तर त्यसको प्रतिस्पर्धा हुन सकिरहेको छैन ।’

यसैगरी, उनले सरकारले युवाहरुको लागि रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताइन् । उनले रोजगारीकै कारण लाखौं संख्यामा युवाहरु विदेशिनु परेको बताइन् ।