६ असार २०८३, शनिबार

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्रप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न भएको संगठनको चौथौँ महाधिवेशनले सापकोटाको नेतृत्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्ष यामबहादुर खड्का, उपाध्यक्षमा लिलाबहादुर लामा, गोपालबहादुर बम, चिरञ्जीवी पोखरेल, ङावाङिवा सेर्पा, महेश भट्टराई चयन भएका छन् ।

यस्तै, महासचिवमा रामबहादुर खड्का चयन भएका छन् भने उपमहासचिमा प्रदीप आचार्य र दिपक दाहाल चयन भएका छन् ।

त्यस्तै, सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लिराम शर्मा अधिकारी, भुनवबहादुर पाण्डे र बलराम सुवेदी चयन भएका छन् भने कोषाध्यक्षमा बिक्रम बाडे चयन भएका छन् ।