२३ असार २०८३, मंगलबार

हेटौंडामा बाघ आतंक रोकिएन, बाँधेकै डोरीमा बाख्रा खायो

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २७ पुस । मकवानपुरको हेटौंडा-१३ आलदमारमा बाघको आतंक राकिएको छैन ।

केहीसाताअघि पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको बाघले गएराति स्थानीय पूर्णसिंह लोप्चनको गोठमा बाँधिएको एउटा बाख्रा मारेको हो । बाघले बाख्रालाई आक्रमण गरी आधा खाएको छ ।

बाघले गोठबाट बाख्रालाई तानेको र आधा खाएपछि बाँकी भाग बाँधेकै डोरीमा छोडेको अवस्थामा फेला परेको हो । घटनाबारे आज बिहान प्रहरी चौकी पदमपोखरीमा जानकारी गराइएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक बिगबहादुर तामाङको नेतृत्वमा टोली खटिएको छ । साथै, थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक बिमला कुमारी कठायतको कमाण्डमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीसँग समन्वय गरी बाघको खोजी तथा अन्य कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।