
धनगढी, २७ पुस । सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सोमबार सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ । पुस अन्तिम दिन थारु समुदायमा बंगुर ९जिता० मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन छ । थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ । यस अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिँदै आएको छ ।









प्रतिक्रिया