
पोखरा, २५ पुस । सूर्यदर्शन सहकारी ठगी मुद्दाका सात जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका सात जना आरोपीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ र गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक छविलाल जोशीलाई ८५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसैगरी, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, मिना गुरुङ र आरती गुरुङसँग ५-५ लाख, कृष्ण गुरुङसँग १ लाख धरौटी माग गरिएको अदालतका सूचना अधिकारीले जानकारी दिए ।








प्रतिक्रिया