२२ कार्तिक २०८३, आइतबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् चार निर्णय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, २५ पुस । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधनसम्बन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए ।

यस्तै, प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयनसम्बन्धी विषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच वर्षे कार्यकालका लागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो ।