४ श्रावण २०८३, सोमबार

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ पुस । पोल्याण्ड पठाइदिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका–६ बस्ने ३६ वर्षीय रूपेश महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

रूपेशले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडिहरूतबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर धोबीघाटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।