१० असार २०८३, बुधबार

एमाले प्रमुख सचेतक बर्तौलाद्वारा छात्रावास भवनको शिलान्यास

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ पुस । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतको सूर्योदय माध्यमिक विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ ।

नेकपा (एमाले)का प्रमुख सचेतकसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ का सांसद् महेशकुमार बर्तौलाले आज यहाँ छात्रावास निर्माणका लागि भूमिपूजा गर्दै शिलान्यास गरेका हुन् ।

प्रमुख सचेतक बर्तौलाले विद्यालयको छात्रावास शिलान्यास गर्दै २ घण्टाभन्दा लामो समय हिँडेर विद्यालय आउनुपर्ने बाध्यता न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मैले निर्वाचनको बेला सार्वजनिक शिक्षालाई सुधार गर्नको लागी ‘एक पालिका, एक आवासीय विद्यालय’ आवश्यक छ भनेको थिएँ । चालु वर्षमा राक्सिराङको सूर्योदय माध्यमिक विद्यालय र थाहा नगरको झम्केश्वरी माध्यमिक विद्यालयबाट छात्रावास निर्माण सुरु भएको छ ।’

शहरी विकास मन्त्रालयमार्फत बजेट व्यवस्था गरिएको विद्यालयको छात्रवास निर्माणका लागि सघन शहरी तथा भवन निर्माण आयोजना चितवनबाट ठेक्का आह्वान भएको थियो । १ करोड रुपैयाँ बजेट व्यवस्था गरिएको यो विद्यालयको छात्रवासका लागि सद्गुण निर्माण सेवा हेटौंडाले ६४ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । आगामी २०८२ जेठ २६ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी छात्रवासको निर्माण थालिएको हो ।