२२ असार २०८३, सोमबार

हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी, चालक गम्भीर घाइते

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, २५ पुस ।  रौतहटस्थित ११ हजार भेल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगलागी भई पूर्ण रुपमा क्षती भएको छ । टिपर चालक गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका–४ स्थित क्रसर उद्योगमा लु १ त २८४९ नम्बरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाईते भएका छन् । उनको गरुडास्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।

डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथि उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।