२७ असार २०८३, शनिबार

लेखा समितिका पूर्वस्वकीय सचिव अनिल पोखरेल पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ पुस ।  सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् ।

एमबीबीएस परीक्षा पास गराई दिने भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा अनिल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अनिलले एमबीबीएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपपछि सभापति पोखरेलले उनलाई जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।

अनिलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी त्यसपछि फरार रहँदै आएका थिए ।