१७ असार २०८३, बुधबार

सरकारले रंगशाला निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको छः प्रधानमन्त्री ओली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन कर्णाली रंगशालाको काम अन्तिम चरणमा पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाइरहेको उल्लेख गरेका छन् ।

‘वीरेन्द्रनगर शहर सुर्खेतमा कर्णाली रंगशाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । देशका विभिन्न शहरमा रंगशाला निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् ।