२८ असार २०८३, आइतबार

पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, २ जना पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ पुस । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा सञ्चालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्रीसमेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा सञ्चालित च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी बस्ने वर्ष २९ को क्षेत्रीको साथमा च्याम्पियनसिपका सञ्चालक तथा निर्देशक अछामको सिउडी गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुले च्याम्पियनसिपमा सहभागी हुन समूह दर्ता शुल्क बापत १७ हजार रुपैयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिँडेपछि प्रहरीमा उजुरी परेको जनाइएको छ ।