२१ असार २०८३, आइतबार

एमाले केन्द्रीय कमिटी बैठक आज पनि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहनेछ ।

गत आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा धारणा राख्ने क्रम नसकिएकाले आज पनि जारी रहने भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा हिजो ६४ जना केन्द्रीय सदस्य र ५२ जना पोलिटब्यूरो र स्थायी कमिटीका सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको अनावश्यक ‘दाउँपेच र छलछाम’ कारण कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको तर्क गर्दै मुलुकको राजनीतिक स्थायित्वका लागि २०८४ सम्म गठबन्धन कायम रहने जनाएका छन् । कांग्रेसको समर्थनमा बनेको सरकारले ६ महिना भित्र उल्लेख्य प्रगति गरेको उल्लेख गर्दै आर्थिक विकासमा लागि परेको अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सरकारमा नहुँदा ३.९ प्रतिशतको आर्थिक वृद्धिदरमा सिमित भएको बेला सरकारको नेतृत्वमा आएको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो कार्यकालमा ५.१ प्रतिशतको लक्ष्य चुम्न लागेको बताएका छन् ।