
काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पुस २४ सम्म सञ्चालन हुने भएको छ ।
गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा सबै केन्द्रीय सदस्यले धारणा राख्ने भएपछि पुस २४ सम्म सञ्चालन हुने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक सदस्यलाइ तीन–तीन मिनेटको समय निर्धारण गरिएकाले पनि समय नपुग्ने भन्दै पुस २४ सम्म लम्बाइएको हो ।
आजको बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् ।
आज र भोलि केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् भने पुस २४ गते अध्यक्ष प्रचण्डलगायतका पदाधिकारीले जवाफ दिएपछि सम्पन्न हुने गरी कार्यतालिका निर्धारण गरिने भएको छ । त्यसका लागि अहिले स्थायी कमिटीको बैठक चलिरहेको छ ।








प्रतिक्रिया