६ श्रावण २०८३, बुधबार

कुनैपनि राजनीतिक पार्टीमा नरहेको पूर्वआईजीपी खनालको स्पष्टोक्ति

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले अहिले आफू कुनैपनि राजनीतिक दलसँग आवद्ध नरहेको बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटसमार्फत खनालले आफ्नो राजनीतिक अवस्थाबारे आएको जिज्ञासालाई सम्बोधन गर्दै यस्तो भनेका हुन् ।

उनले स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको दाबी गरेका छन् । साथै, उनले देश र समाज हितका लागि आफ्नो समय र परिस्थिति अनुकूल सक्दो योगदान गरिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैं सक्दो कार्यहरु गरिरहने छु ।’ खनालले फेसबुकमा लेखेका छन् ।

खनाल एमालेमा प्रवेश गरेपछि उनलाई पार्टीले टिकट दिएको थियो । काठमाडौं-६ र तनहुँबाट टिकट दिए पनि उनी दुवै स्थानबाट पराजित भएका थिए ।