
काठमाडौं, २१ पुस । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी रहेको छ ।
शनिबार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएपछि आज बिहानदेखि पुन बसिरहेको हो । बैठक बिहान ८ः३० बजेबाट सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
आज दिउँसोदेखि सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि बैठक बसिरहेको हो ।
साथै, बैठकले केन्द्रीय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिँदैछ ।









प्रतिक्रिया