२२ कार्तिक २०८३, आइतबार

प्रचण्डसँग भेट भएपनि एमाले नछोडेको लिम्चुङबुङका शेर्पाको स्पष्टोक्ति

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २१ पुस । गत वैशाख ३० गते नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका नेता गन्जु शेर्पाले आफूले एमाले नछोडेको बताएका छन् ।

केहीदिनअघि आफू काठमाडौं गएको बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेको भएपनि आफू माओवादी केन्द्र नफर्केको उनले बताए । उनले आफूले माओवादी केन्द्रका अध्यक्षलाई भेटेको भएपनि भेटमा आफूलाई खादा लगाएर सम्मान गरिएको भएपनि आफू माओवादीमा नफर्केको दाबी गरे । शेर्पाले आफू जहाँ थिए त्यहीँ रहेको भन्दै माओवादी फर्केको गलत हल्ला चलाइएको स्पष्ट पारे ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफूले माओवादी अध्यक्ष दाहालसहितको कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाको विकास र गणतन्त्र रेडियोका बारेमा कुरा राखेको भएपनि माओवादीमा पुनः फर्केको बारे केही कुरै नगरेको जिकिर गरे ।

गत वैशाखमा लिम्चुङबुङ गाउँपालिकाका माओवादी केन्द्रका नेता शेर्पासहित ठूलो संख्यामा स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । तर अहिले शेर्पाको राजनीतिलाई धमिलो बनाउन केही माओवादी नेताहरुले गलत र झुट्टा कुरा सञ्जालमा हालेको भन्दै एमाले उदयपुर जिल्ला कमिटी सदस्य राजकुमार कोयुले गन्जु एमालेमै रहेको बताए ।

कोयुले त्यस क्षेत्रमा अल्पसंख्यकको रुपमा रहेका शेर्पा, माझी, जोगी, सुनुवारलगायत समुदायलाई स्थानीय तहमा अवसर दिने नीति एमालेले लिएको हुनाले पनि शेर्पाको नेतृत्वमा एमाले प्रवेश गरेको टिम एमालेमै रहेको र शेर्पाकै नेतृत्वमा थप व्यक्तिहरु एमालेमा आवद्ध हुँदै जाने योजना शेर्पाले लिएको दाबी गरे ।